इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो आज

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो आज हुँदैछ । लिगका अन्तिम चरणका खेलहरुपछि नयाँ च्याम्पियनको टुंगो लाग्ने भएको हो । लिगमा एक खेलमात्रै बाँकी रहँदा ९५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ९४ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । म्यान्चेस्टर सिटीले आज ब्राईटनसँग खेल्दा लिभरपुलको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ । आज म्यान सिटी विजयी भएको अवस्थामा उसले साविक उपाधि रक्षा गर्नेछ । सिटी रोकिएको अवस्थामा भने लिभरपुललाई आफ्नो खेल जित्दै उपाधि जित्ने अवसर हुनेछ । लिभरपुल सन् १९९० पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने अभियानमा छ । प्रिमियर लिग फुटबलमा अन्तिम चरणका सबै १० खेल आज एकै समयमा हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुने खेलमा चेल्सीले लेस्टर सिटीसँग खेल्दा टोटनह्याम हट्सपरले एभर्टनको सामना गर्नेछ । यसैगरी आर्सनल र बर्न्ले भिड्दा म्यान्चेस्टर युनाइटेडले कार्डिफ सिटीको सामना गर्नेछ । यसपटकको प्रिमियर लिगबाट हडर्सफिल्ड टाउन, फुल्हम र कार्डिफ सिटी रेलिगेशनमा परिसकेका छन् ।

 

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top