काठमाडौं । पश्चिम अफ्रिकी मुलुक बुरकीना फासोको एक चर्चमा अज्ञात बन्दुकधारीहरुले आक्रमणमा गरि ६ जनाको हत्या गरेका छन् । प्रार्थनाको समयमा बन्दुकधारी चर्च्भित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा भागदौड मच्चिएको थियो । मारिनेमा एक पादरी पनि रहेका छन् । २० देखि ३० जनाको संख्यामा आएका हमलाकारीले आक्रमणपछि चर्चलाई जलाई दिएका छन् । हमला लगत्तै ती बन्दुकधारीहरुले नजिकैको स्वास्थ्य केन्द्रमा लुटपाटसमेत गरेका थिए । गत पाँच साताभित्र चर्चमा भएको यो तेश्रो आक्रमण हो । बुरकीनामा फासोमा सक्रिय लडाकु समूह अलकायदा, इस्लामिकसँग जोडिएका छन् । यो घटनाको जिम्मेदारी भने कसैले लिएको छैन ।