३० बैशाख, विराटनगर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हन्नका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे उहाँले यस्तो बताएकी हुन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आबाज बुलन्द गर्ने प्रेस माथि कुनै पनि किसिमका अंकुश लाउन नहुने उनले बताइन । जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको कोइरालाको भनाइ थियो । उनले संविधान कार्यान्वयनका दिशामा देश अगाडी बढिरहेका बेला सानो सोच र मानसिकताबाट अगाडी बढ्दा प्राप्त उपलब्धी गुम्ने खतरालाई ध्यान दिन पनि सरकार र नेतृत्वलाई आग्रह गरिन । स–साना कुरामा अल्झिएर भन्दा सवै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुन आबश्यक रहेको उनले बताइन । कांग्रेसकी नेत्रृ कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने प्रपन्चबाट अगाडी बढे त्यो सफल नहुने जीकिर गरिन । कतिपय घटनाले ‘संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ, उनले भनिन, ”त्यसो भए त्यो सवैभन्दा दुर्भाग्य हुन्छ“ । नेत्रृ कोइरालाले सहमति, सहकार्यको बाटोमा हिड्न र जनताको भावना अनुरुपका काम गर्न सरकार लाग्नु पर्नेमा जोड दिइन ।