मोरङका नयाँ शिक्षकहरुलाई सम्मान

३० बैशाख ७६, सोमबार
Share this
797shares

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति मोरङले सेवा निवृत्त भएका तथा शिक्षक पेशामा नयाँ आएका शिक्षकहरुलाई सम्मान गरेको छ । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति मोरङको ३० औं स्थापना दिवशको अवसर पारेर निवृत्त तथा शिक्षा सेवा पास गरेर आएका शिक्षकहरुलाई सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा नेपाल शिक्षक संघका संघीय पूर्व अध्यक्ष केशव निरौलाले राज्यका अस्पष्ट कानुनका कारण शिक्षामा बेथिती बढेको बताए । सरकारले सबै खालको संक्रमणको अन्त्य भैसकेको भने पनि शिक्षाका नीति तथा कानुनका प्रबन्धहरुमा संक्रमण रहेको उनको भनाई थियो । अहिलेको सबैभन्दा बढी चिन्ताको बिषय भनेको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दोक्रमा रहेकाले अभिभावक , शिक्षक र सम्बन्धित सरोकारवाला सबै एक भएर समस्याको समाधान तर्फ लाग्नु पर्नेमा जोड दिए । यस्तै कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव भट्टराई, मोरङ अध्यक्ष शिवराज कोइराला लगायतले अहिले पनि शिक्षकका पेशागत मुद्दाहरुमा जटिलता रहेको भन्दै पेशागत आन्दोलनका कारण शिक्षकहरुले शैक्षिक उन्नयनमा लाग्न नसकेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top