कांग्रेसलाई बलियो बनाउने पक्षमा महिला संघःसुजता

३० बैशाख ७६, सोमबार
Share this
737shares

महिला संघ मोरङको आयोजनामा भएको दुई दिने प्रशिक्षण कार्यक्रम सोमबार विराटनगरमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले महिलाहरुलाई समसामयिक परिस्थित र कांग्रेसको अवस्थाको बारेमा जानकारी गराइएको बताइन । उनले अहिले कांग्रेसमा देखिएको गुटमा नेपाल महिलासंघ कसैको पक्षमा नरहेको र यो कांग्रेसलाई बलियो बनाउने पक्षमा उभिएको पनि स्पष्ट पारिन । यस्तै उनले अहिले नेपाली कांग्रेसको जागरण अभियान संचानमा रहेको भन्दै एकआपसका मनमुटाव पर फ्याकेर पार्टीलाई एक ढिक्कामा उभ्याउन सबै एकजुट हुन आवश्यक रहेको भन्दै महिला संघले त्यसको नेतृत्व गर्नुपर्नेमा जोड दिइन । प्रशिक्षण कार्यक्रममा प्रदेश १ का १ सय २५ जना महिलाको सहभागिता रहेको नेपाल महिला संघ मोरङकी अध्यक्ष प्रमिला थापाले जानकारी दिइन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top