गण्डकी प्रदेशमा १ सय १० पर्यटकीय गन्तव्य पहिचान

पोखरा, जेठ २
संघीय सरकारले केही समयअघि देश भरका १ सय पर्यटकीय गन्तव्य सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका एक सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका १०–१० वटा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सार्वजनिक गरेको हो । पर्यटन प्रवर्द्धन हुने गरी पर्यटनको पूर्वाधार विकासमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएको छ ।

जिल्ला समन्वय समिति, पर्यटन व्यवसायी, प्रदेश सांसद, गाउँपालिका, महानगर, स्थानीय तहका जनप्रतिनिधिहरू एवं सरोकार पक्षसँगको छलफलबाट प्रदेशका पर्यटकीय गन्तव्यहरुको छनोट गरिएको गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरुको संग्रह (पुस्तक)का सम्पादन मण्डलका सदस्य तुलसीराम शर्माले बताए ।

Advertisement

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहँदा गण्डकीका पर्यटकीय गन्तव्य घोषणा हुनुले पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आन्तरिक पर्यटन वर्ष सन् २०१९ भित्रै १५ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

१५ लाख आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतलाई प्रदेशको नयाँ गन्तव्यहरुमा पुग्न वातावरण तयार गर्ने र पर्यटन उद्योगमा लगानीका अवसर बढाउने लक्ष्य राखिएको छ । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएकोले पर्यटनबाट हुने आयआर्जन तथा अन्य लाभलाई गरिब तथा विपन्न वर्गसम्म पुर्याउन सहज वातावरण बनाउने मन्त्री लम्सालको भनाइ छ ।

Advertisement

प्रदेशले घोषणा गरेका कास्कीको पर्यटकीय गन्तव्यमा, फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगातका तालहरु, विन्ध्यवासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेसक्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, गुफाहरु (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरु (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठुलाकोट) र काहुँडाँडा रहेका छन् ।

मनाङका पर्यटकीय गन्तव्यहरुमा तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा र तिव्वतियन खम्बाको बंकर रहेका छन् ।

मुस्ताङका पर्यटकीय गन्तव्यहरुमा मुक्तिनाथ तिर्थस्थल, कागवेनी तिर्थस्थल, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरवार र गुफाहरु, धौलागिरी आईस फल, लियोपार्ड क्याप(ठिनी), जोमसोम गाँउ र टिटि ताल छन् ।

बाग्लुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाँइघाट झर्ना छन् ।

म्याग्दीको गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्र्के धुरी, धौलागिरी वेश क्याप, धौलागिरी आइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानीलाई पर्यटकीय गन्तव्य घोषणा गरिएको छ ।

पर्वतका पर्यटकीय गन्तव्यहरुमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिक क्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेका छन् ।

स्याङ्जाका शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, सिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, सातौं चण्डीथान, गह्रौंकालिका, अन्दाअन्दी, छाया क्षेत्र (छाङछाङ्दी) राम्दीधाम र मीर्मी सेदिवेणि उच्च तथा स्टिमर यात्रालाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ ।

लमजुङको पर्यटकीय गन्तव्यहरुमा लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी –गोरखा र लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ छन् ।

गोरखाका पर्यटकीय गन्तव्यहरुमा गोर्खा दरबार र गोर्खा संग्राहलय, मनाकामना मन्दिर र केलवकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपाक र लाप्राक (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनास्लु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा र लिगलिगकोट रहेका छन् ।

नवलपुरका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवि, कैलास पर्वत, घुमाउरीघाट (कामधेनु क्षेत्र), लोसेधारा, कैशाल आश्रम, शास्वत धाम, अकलादेवि (डेडगाउँ) र मन्यविन्दु रहेका छन् ।

तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दीपुर, देवघाटधाम, ढोरबराही, छाप्दी बराही, व्यास गुफा(पर्यटन क्षेत्र), घाँसी कुवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर– बुढी दवता मन्दिर आँधिमूल बाराही र र्मिलुङकोट रहेका छन् ।

प्रदेशमा पर्यटकको संख्या र उनीहरुको बसाइ अवधि बढे स्थानिय उत्पादन तथा व्यापार व्यवसायमा वृद्धि हुनुका साथै रोजगारी पनि सृजना हुनेछ । यी क्षेत्रमा पर्यटन उद्योगमा लगानीका अवसर बढ्नुका साथै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top