पाँचथर, जेठ ९
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा चट्याङ लागेर एक जना वृद्धाको मृत्यु भएको छ । बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जोरपोखरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।










