सोलुखुम्बु सदरमुकाम अन्धकारमा

८ जेठ ७६, बिहीबार

सोलुखुम्बु, जेठ ९
विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।

कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ । जेठ ५ गते सम्पन्न गर्ने कार्यतालिका भए पनि आजसम्म मर्मत कार्य सकिएको छैन ।

मौसम प्रतिकूल भएका कारण निर्धा्ति समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भए बिहीबार दिउँसोदेखि विद्युत् सेवा सञ्चालन हुनेछ । सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न कामसमेत सकिएकाले चाँडै विद्युत् बल्ने सम्भावना रहेको उपमहाप्रबन्धक मास्केले बताए । छ सय किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनवेँसीलगायतका क्षेत्रमा विद्युत् वितरण गर्दै आएको छ ।

Advertisement

जनजीवन कष्टकर
सममायनै विद्युत् सेवा सञ्चालन नहँुदा यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनका लागि वैकल्पिक व्यवस्था गरिएको भए पनि लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको सल्लेरीका शिक्षक भोजकुमार अधिकारीले बताए ।

यही समयमा कक्षा ११ को परीक्षा परेको हुँदा विद्यार्थीलाई अध्ययन गर्नसमेत समस्या भएको छ । अन्धकार सल्लेरीमा परीक्षा दिन आएका विद्यार्थीले परीक्षानै प्रभावित भएको बताएका छन् । विद्यार्थी संगिता कार्कीले भनिन्, ‘चार्जवाला बत्ती भए पनि लामो समय टिक्दैन, गाउँबाट आएका विद्यार्थीलाई केही थाहा पनि हुँदैन, नपढीकन परीक्षा दिन बाध्य भएका छाँै ।’

Advertisement

विद्युत् नहुँदा जेनेरेटर सञ्चालन गरेका पसलमा महँगो शुल्क तिरेर मोबाइलसहित विद्युतीय सामग्री चार्ज गर्नुपर्ने बाध्यता छ । प्रति मोबाइल रु ३० सम्म तिर्नुपर्ने मोबाइलफोन प्रयोगकर्ताले बताएका छन् । यता रु पाँच मा फोटोकपी गर्ने गरिएको भए पनि अहिले रु १० तिनुपर्ने बाध्यता रहेको स्थानीय चोलामाया राईले बताइन् ।
विद्युत्को भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा सञ्चार सेवासमेत प्रभावित बनेको छ । टेलिफोन, इमेल इन्टरनेटले समेत राम्रो काम गरेको छैन भने जिल्लामा सञ्चालित एफएम रेडियोले नियमित कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् ।

विद्युत् तथा इमेल इन्टरनेटसमेत नहँुदा लघुवित्तको कारोवारसमेत प्रभावित बनेको छ । स्वदेशी लघुवित्तका शाखा प्रमुख प्रेमबहादुर बस्नेतले महँगो शुल्क तिरेर जेनेटर प्रयोग कर्ता कहाँ गएर सेवा सञ्चालन गरिएको बताए । जिल्लामा सञ्चालित सरकारी कार्यालयले जेनेरेटरको प्रयोग गरी सेवा सञ्चालन गरिरहेका छन् ।

कतिपय कार्यालयमा वैकल्पिक व्यवस्था नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन् । जिल्ला नापी कार्यालयमा फिल्डबुक उत्तार गर्न आउनुभएको तिङ्लाकी होमाकुमारी भुजेलले रित्तो हात फर्कनुपरेको गुनासो गरिन् । भुजेलजस्तै अन्य थुप्रै सेवाग्राही सेवा नलिई फर्केका छन् ।
रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top