भारतको लोकसभा चुनाव–२०१९ को अन्तिम मत परिणाम घोषणा गरिएको छ ।
चुनावमा भारतीय जनता पार्टी (बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एक पटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् । भारतीय निर्वाचन आयोगका अनुसार ५४३मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जीत हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३५० सिटमा जीत हात पारेको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको भारतीय कांग्रेसले ५२ ठाउँमा जीत हात पार्दा उ नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले ८५ सिटमा जीत हात पारेको छ ।