×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

धमाधम बन्दै छ ब्रोडगेज रेलमार्ग

१० माघ २०७४

वीरगञ्ज — छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम द्रुतगतिमा भइरहेको छ ।

 

जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।
सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग विस्तार गर्ने योजना बनाए पनि त्यसको काम भने सन् २०११ को माघ महिनादेखि मात्र सुरु भएको हो ।
सो ब्रोडगेज रेल मार्गको लिक निर्माण कार्यअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म रेल सञ्चालनका लागि स्लिपर, ब्लाष्ट र लिक ओछ्याउने कामले तीव्र गति लिएको छ ।
पूर्वी धनुषाको बैदेहीदेखि खजुरीसम्मको रेलमार्गमा हाल ब्लाष्ट राखेर स्लिपर र लिक राख्ने काम भइरहेको नेपाल रेल्बे जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताए । हालसम्म विभिन्न ठाउँ गरी दुई किलोमिटर जतिमा रेल्बे लिक राख्ने काम पूरा भइसकेको छ भने खजुरी स्टेशनमा यात्रु शाखा स्टेशन र कर्मचारी भवनलगायतका निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
पूर्वी धनुषाको इर्नवादेखि खजुरीमा रेल्बे लिक राख्ने उपकरण तथा सामान भण्डारण गरिएको छ भने आउँदो एक महिनाभित्र लिक राख्ने सम्पूर्ण काम सम्पन्न हुने गरी काम थालिएको बताइएको छ । पहिलो चरणअन्तर्गत जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा सन् २०१९ मार्चसम्म कुर्थादेखि भंगहासम्म तथा तेस्रो चरणमा महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणको काम सम्पन्न हुने लक्ष्य रहेको प्राविधिकको भनाइ छ ।
भारत सरकारको सात अर्ब २० करोड रुपैयाँको आर्थिक सहयोगमा सुरु भएको ब्रोडगेज रेल परियोजनाअन्तर्गत भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म सिभिल कन्ट्रक्सनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यअनुरुप द्रुत गतिमा काम थालिएको इरकन इन्टरनेशनल प्रालिका सहायक प्रोजक्ट म्यानेजर अजित तिवारीले रासससँग बताए ।
पहिलो चरणमा भारत सरकारले रेलमार्ग निर्माणका लागि रु पाँच अर्ब २९ करोड आर्थिक सहयोग गरेको थियो । पछि त्यसलाई बढाएर सात अर्ब २० करोड रुपैयाँ पुर्‍याएको हो । निर्माण कार्यअन्तर्गत ठेकेदार कम्पनी इरकन इन्टरनेशनलले भारतीय क्षेत्र जयनगरमा प्लेटफर्म निर्माणदेखि कर्मचारीको कार्यालय आवासगृहलगायतका भौतिक संरचनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
ठेकेदार कम्पनीले सन् २०१७ को जुनसम्ममा जयनगर जनकपुर रेल सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि नेपाली पक्षको उदासिनताका कारण सन् २०१८ मार्चसम्मका लागि म्याद थपिएको भारतीय ठेकेदार कम्पनी इरकनका इञ्जिनियर मोलुरामले बताए ।
ब्रोडगेज रेलमार्ग निर्माणको ठेक्का पाएको भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेशनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरी जिल्लामा नायक इन्फ्रास्ट्रक्चर प्रालि असन गुहाटीलाई पूर्वी धनुषाको इनर्वादेखि महुवा कपिलेश्वरसम्म २४ किलोमिटरको लागि रु ६५ करोड र धनुषाको कालिका रमन जेभी कम्पनीलाई कपिलेश्वरदेखि महोत्तरीको भंगहासम्म २४ किलोमिटरमा माटो स्लिपर ग्राभेललगायतको कामका लागि ७० करोड रुपैयाँमा ठेक्का दिएको छ ।
ब्रोडगेज रेलमार्ग निर्माण भएपछि रेल सेवा सञ्चालनमा आउँदा नेपाल भारतबीच रहेको व्यापारी तथा आर्थिक सम्बन्ध सुदृढिकरण भई दुवै देशको जनताको आर्थिक विकासमा थप योगदान पुग्न सक्ने विश्वास लिएको छ । भारतको जयनगरदेखि बर्दिवाससम्म ब्रोडगेज रेलमार्ग निर्माण भई रेल सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका २४ गाउँ विकास समिति र जनकपुर उपहानगरपालिकाको आर्थिक विकासमा थपटेवा पुग्ने विश्वास लिएको छ । यसबाट यस क्षेत्रका १० लाख जनताले प्रत्यक्ष लाभ लिन सक्ने जनाएको छ ।
विसं १९९४ (सन् १९३७०) मा सुरु भएको जनकपुर–जयनगर–बिजुलपुरा ५१ किमी रेलमार्ग विसं २०५८ को बाढीले बिगीपुल बगाएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्ग पनि स्तरोन्नति गर्न भनी विभागले विसं २०७० मा बन्द गरेको हो ।
भारतको जयनगरदेखि जनकपुरसम्मको व्यापारको प्रमुख आधार रेलमार्ग भए पनि ब्रोडगेज निर्माणका कारण लामो समयसम्म रेलमार्ग बन्द हुँदा नेपाल भारतको व्यापार जयनगर–उमगाउँ–जटही नाकाबाट हुँदै आएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top