Nepal Times
Nepal Times
3
Shares

नेपाली फेशन शो सिड्नीमा 

नेपाली फेशन शो सिड्नीमा 

विराटनगर, जेठ १३
गत शुक्रबार साँझ सिड्नीमा नेपाली शैली झल्कने फेसन शो आयोजना भएको छ । नेपाली डिजाइनर र पोशाकलाई प्रोत्साहन गर्न एम्पाएर इन्टरनेशनल एजुकेशन तथा योर स्टाइल अष्ट्रेलियाले शो आयोजना गरेको थियो । कार्यक्रमलाई इजी होमले साथ दिएको थियो । नेपालका ख्याति प्राप्त डिजाइनर उत्तम बनेपालीले डिजाइन गरेका पोशाकमा सजिएर क्याटवाकमा उत्रिएकी मिस नेपाल इन्टरनेशनल २०१७ की बिजेता निती शाहले धेरैको ध्यान खिचेकी थिइन् ।

शाहसंगै नायिका रुबिना श्रेष्ठ, टिकटकमा रुचाइएकी अन्जु भण्डारी र स्नेहा पौडेलले समेत क्याटवाक गरेका थिए । अष्ट्रेलियामै बसोबास गर्ने २१ जना मोडलसमेत ¥याम्पमा उत्रिदा शो अझै रोमाञ्चित बनेको थियो ।

नेपालीको डिजाइनमा क्याटवाक गर्न अष्ट्रेलियामा बसोबास गर्ने १४ महिला र ७ जना पुरुष मोडलहरुलाई अडिसनबाट छनोट गरिएको थियो । शोमा मोडलहरुलाई नायक तथा कोरियोग्राफर निराजन लुइटेलले कोरियोग्राफी गरेका थिए । हालै अष्ट्रेलियाबाट प्रदर्शन सुरु गरेको सुपर गोर्खे चलचित्रका नायक समेत रहेका लुइटेल बिगत १२ वर्षदेखि यस क्षेत्रमा सक्रिय छन् । उनले अष्ट्रेलियामा कोरियोग्राफी गरेको यो तेस्रो फेसन शो हो ।

शोका लागि बनेपालीले चार प्रकारका पोशाक डिजाइन गरेका थिए । महिला मोडलहरु ६० को दशकको रेट्रो डिजाइन, पश्चिमी गाउन, लेहेगां अनि क्याजुल पोशाकमा सजिएर ¥याम्पमा उत्रिएका थिए भने पुरुष मोडलहरुका लागि कोट पाइन्टको डिजाइन गरिएको थियो ।

विदेशीमा बसेका नेपालीहरुले नेपालीपनकै पोशाक मनपराईदिने भएकाले पनि नेपाली शैलीको डिजाइनमा आफुले जोड दिने गरेको डिजाइनर बनेपालीको भनाई छ । विदेशीभूमीमा नेपाली पोशाकको प्रदर्शन गर्न पाउदा खुसी लागेको उनको भनाई थियो ।

शोमा प्रदर्शन गरिएका झण्डै ८० थान पोशाकमध्ये आधा भन्दा बढी बिक्री भइसकेको आयोजक नमित चन्द ठकुरीले बताउनुभयो । बाँकी पोशाकहरु छिट्टै प्रर्शदनमा राखेर बिक्री गरिने आयोजकको तयारी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.