×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपाली फेशन शो सिड्नीमा 

१३ जेष्ठ २०७६

विराटनगर, जेठ १३
गत शुक्रबार साँझ सिड्नीमा नेपाली शैली झल्कने फेसन शो आयोजना भएको छ । नेपाली डिजाइनर र पोशाकलाई प्रोत्साहन गर्न एम्पाएर इन्टरनेशनल एजुकेशन तथा योर स्टाइल अष्ट्रेलियाले शो आयोजना गरेको थियो । कार्यक्रमलाई इजी होमले साथ दिएको थियो । नेपालका ख्याति प्राप्त डिजाइनर उत्तम बनेपालीले डिजाइन गरेका पोशाकमा सजिएर क्याटवाकमा उत्रिएकी मिस नेपाल इन्टरनेशनल २०१७ की बिजेता निती शाहले धेरैको ध्यान खिचेकी थिइन् ।

Advertisement
Advertisement

शाहसंगै नायिका रुबिना श्रेष्ठ, टिकटकमा रुचाइएकी अन्जु भण्डारी र स्नेहा पौडेलले समेत क्याटवाक गरेका थिए । अष्ट्रेलियामै बसोबास गर्ने २१ जना मोडलसमेत ¥याम्पमा उत्रिदा शो अझै रोमाञ्चित बनेको थियो ।

नेपालीको डिजाइनमा क्याटवाक गर्न अष्ट्रेलियामा बसोबास गर्ने १४ महिला र ७ जना पुरुष मोडलहरुलाई अडिसनबाट छनोट गरिएको थियो । शोमा मोडलहरुलाई नायक तथा कोरियोग्राफर निराजन लुइटेलले कोरियोग्राफी गरेका थिए । हालै अष्ट्रेलियाबाट प्रदर्शन सुरु गरेको सुपर गोर्खे चलचित्रका नायक समेत रहेका लुइटेल बिगत १२ वर्षदेखि यस क्षेत्रमा सक्रिय छन् । उनले अष्ट्रेलियामा कोरियोग्राफी गरेको यो तेस्रो फेसन शो हो ।

शोका लागि बनेपालीले चार प्रकारका पोशाक डिजाइन गरेका थिए । महिला मोडलहरु ६० को दशकको रेट्रो डिजाइन, पश्चिमी गाउन, लेहेगां अनि क्याजुल पोशाकमा सजिएर ¥याम्पमा उत्रिएका थिए भने पुरुष मोडलहरुका लागि कोट पाइन्टको डिजाइन गरिएको थियो ।

विदेशीमा बसेका नेपालीहरुले नेपालीपनकै पोशाक मनपराईदिने भएकाले पनि नेपाली शैलीको डिजाइनमा आफुले जोड दिने गरेको डिजाइनर बनेपालीको भनाई छ । विदेशीभूमीमा नेपाली पोशाकको प्रदर्शन गर्न पाउदा खुसी लागेको उनको भनाई थियो ।

शोमा प्रदर्शन गरिएका झण्डै ८० थान पोशाकमध्ये आधा भन्दा बढी बिक्री भइसकेको आयोजक नमित चन्द ठकुरीले बताउनुभयो । बाँकी पोशाकहरु छिट्टै प्रर्शदनमा राखेर बिक्री गरिने आयोजकको तयारी छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top