भारतीय पक्षले एकतर्फी बनाएको पाइलट च्यानल खोल्दा गाउँ नै डुबानमा

१३ जेठ ७६, मंगलबार

भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेको स्थानीय बताउँछन् ।

Advertisement

 

 

Advertisement

परियोजनाअन्तर्गतका बाँध नियन्त्रण एवं जल निस्सरण कार्यालय वीरपुरले सम्झौताविपरीत नेपाली भूभागमा बिनाजानकारी खनेको पाइलट च्यानलमा पानी छाड्डा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोवरगाढाको बस्तीमा स्थानीय थुनिएका हुन् ।

कोसीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेका बेला परियोजनाका भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई पाइलट च्यानल खनेर पानी छाडेका हुन् ।

Advertisement

 एकतर्फी रूपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छाडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार बस्तीमै थुनिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top