धनुषाको दर्दनाक घटना ःहँसियाले रेटेर साढे २ वर्षे बालकलाई बलि

जनकपुर : धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा विश्वकै दर्दनाक घटना भएको छ । साढे दुई वर्षिय बालकको बलि दिएको रहस्य खुलेको छ ।

Advertisement

स्थानिय शत्रुधन महतोले बालकको बलि दिए आफू ‘शक्तिशाली’ हुने भन्दै साढे दुई वर्षका बालकको बलि दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बताए। प्रहरीको अनुसन्धानबाट वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव बलि दिएर फालेको खुलेको हो । आर्यनको घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरको ढोकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी महतोले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

महतोले गर्ने धामीझाक्रीको काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आफ्नै आँगनमा धारिलो हतियार (हँसिया) ले रेटेर बालकको हत्या गरेका हुन् । प्रहरीले महतोले हत्याका बेला लगाएका लुगा र प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ। उनले घाँटीको पछाडीको भागमा रेटेको र बालक घण्टौ छटपटाएर मृत्यु भएको बयान दिएका छन् ।

Advertisement

त्यसपछि बालकको शवलाई बाँसघारीमा लगेर फालिदिएका थिए । प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top