१ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम यही जेठ २२ गते ल्याउने भएको छ ।
बिहिबार साझ बसेको प्रदेश १ को मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०७६÷७७ को निति तथा कार्यक्रम जेठ २२ गते अपरान्ह ३ बजे प्रदेशसभामा पेस गर्नेगरी प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रदेशको प्रथम आवधिक योजना २०७६–२०८१ को अवधारणापत्रका आधारमा तयार पारिएको प्रवक्ता कार्कीले बताए । सोहि अवधारण पत्रका आधारमा निति तथा कार्यक्रम, बजेट र आगामी पा“च वर्षको योजना तयार गरिने उनले बताए । त्यस्तै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने सम्बन्धमा बनेको विधेयक निर्माण आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ । उक्त विधेयक बनेपछि विभिन्न स्वायत्त संस्था र निकायहरु गठन गर्ने बाटो खुल्ने मन्त्री कार्कीले बताए । उक्त विधेयक बनेपश्चात आम संचार प्रतिष्ठान, पर्यटन प्रतिष्ठान जस्ता स्वायत्त संस्था तथा संरचनाहरुको छुट्टा छुट्टै कानुन बनाउनु पर्ने अवस्था नरहने उनले बताए ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले तयार बनाएको विद्यालयको शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ पनि मन्त्रीपरिषद बैठकले स्वीकृत प्रदान गरेको छ ।