एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार पहिलो खेलमा न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ ।
साविक उप विजेता न्युजिल्यान्ड कागजमा हेर्दा श्रीलंका भन्दा बलियो टोली हो । पछिल्लो दुई वर्षदेखि खराब प्रर्दशन गरिरहेको श्रीलंका त्यो सबै प्रर्दशन बिर्संदै विश्वकपमा उत्कृष्ट पुनरागमन गर्न चाहन्छ । श्रीलंकाले सन् १९९६ मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै विश्वकप जितेको थियो । सन् २००७ र २०११ मा श्रीलंका उपविजेतामा चित्त बुझायो ।
सन् २०१५ मा पहिलो पटक फाईनलमा पुगेको न्युजिल्यान्ड अष्ट्रेलियासँग ७ विकेट पराजित हुँदै उप विजेतामा सिमित रह्योे । न्युजिल्यान्ड पहिलो र श्रीलंका दोस्रो पटक विश्वकप जित्ने सोचमा छन् । वान डे विश्वकपमा यी दुईबीच १० खेल भएको छ । जसमा श्रीलंका ६ पटक विजयी हुँदा ४ पटक पराजित भएको छ ।