विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंका भिड्दै

२१ जेठ ७६, मंगलबार
Share this
649shares

विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

Advertisement

कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका छन । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको खेलमा दुवैै टिम जित हात पार्ने लक्ष्यमा हुनेछन् । दिमुथ करुनरत्नेको कप्तानीमा रहेको श्रीलंका टिममा धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी छन ।

यस्तै गल्बादिन नाइबको कप्तानीमा रहेको अफगानिस्तान टिममा अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी रहेका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top