×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

भारतको रियालिटी सोमा दुई नेपाली बालक तहल्का मच्चाउँदै

२१ जेष्ठ २०७६

जेठ २१ ।
पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगामप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदैछन् ।

भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगामप लिटिल च्याम्प’मा सहभागी दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसीले तहल्का मच्चाउँदै आएका छन् । अडिसन राउन्डमा सहभागी २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेका उनीहरु अहिले फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

Advertisement

सुरुवाती चरणमा उत्कृष्ट ३० बाट पनि उत्कृष्ट हुँदै उनीहरु अहिले ‘टप सिक्स’ अर्थात फाइनल राउण्डमा प्रवेश गरेका हुन् । हिन्दी चलचित्रका गीतहरु प्रस्तुत गर्ने क्रममा निर्णायक मण्डलको शत प्रतिशत मन जित्न सफल हुँदै आएका प्रितम र आयुषको प्रस्तुति निकै नै दमदार रहँदै आएको छ । कहिले नेपाली राष्ट्रिय पोशाकमा त कहिले भारतीय पहिरनमा ठाँटिएर मञ्चमा पुग्ने उनीहरुको प्रस्तुतिले भारतीय निर्णायक मण्डलको मनमात्र जितेका छैनन्, सहभागी अन्य प्रतिभालाई समेत छायामा पारिदिने गरेका छन् । कुनै पनि गीत प्रस्तुत गर्दा देखिने आयुष केसीको शालिनता र प्रितम आचार्यको गीत अनुसारको हाउभाउले रियालिटी शोको छुट्टै पहिचान बनेको निर्णायक मण्डलहरुले बताउने गरेका छन् । त्यतिमात्र होइन, यिनीहरुले गाएको गीत सुनेर हिन्दी चलचित्रका प्रख्यात कलाकार ज्याकी श्राफ भावविह्वल बनेका थिए ।

१३ वर्षीय आयुष भक्तपुर निवासी हुन् भने सुनसरीको इटहरीका प्रितम आचार्य ११ वर्षका छन् । १६ वर्ष मुनिका बाल कलाकार सहभागी हुन पाउने प्रतियोगिताको अडिसन राउन्डमा अरु पनि नेपाली बालप्रतिभा सहभागी भएका थिए । तर, आयुष र प्रितम यसमा छानिएर टप फाइनल राउण्डमा पर्न सफल भएका हुन् ।

Advertisement

नेपालमा रियालिटी शो सुरशालाको जुनियर आइडल बनेका आयुष र उपविजेता बनेका प्रितमको लगाव संगीतमा रहँदै आएको छ । यसपटक पनि यी दुई नेपाली प्रतिभामध्ये एकले लिटिल च्याम्पको उपाधि उचाल्ने अपेक्षा आम नेपालीको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top