अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डको लगातार तेस्रो जित

एजेन्सी – १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्ड र न्यूजिल्याड विजयी भएका छन्।

शनिबार भएको खेलमा बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो जित निकालेको हो। कार्डिफमा इंग्ल्याण्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर ५ बलमा अलआउट हुँदै २८० रनमा समेटियो।

ओपनर मार्टिन गोप्टिल डक,कोलिन मुनरो २२,रोश टेलर ४८ रनमा आउट हुँदा टम लेथम १३ रनमा अविजित रहे । २६ ओभरको चौथो बलमा अफ्तव आलमले बोल्ड आउट गर्नु अघि टेलरले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अफ्गानिस्तानका लागि अफ्तव आलमले ३ विकेट लिए ।

Advertisement

टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रुपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ बलमा ९ चौका प्रहार गरे ।

ओपनर हज्रतुल्लाह जजाईले २८ बलमा ५ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । नुर अली जदरानले ३८ बलमा ५ चौका सहित ३१ रन जोडे । ओपनर जजाई र नुर अलीले पहिलो विकेटका लागि १०।५ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । जजाइलाई जेम्श निशमले कोलिन मुनरोबाट क्याच गराउँदै पेभिलिएन फर्कासँगै अफगानिस्तानको विकेट पतन सुरु भएको थियो । मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अफगानिस्तान सस्तैमा रोकिएको हो ।

Advertisement

रमात शाह शुन्य,गुलबदीन नाईब ४,मोहम्मद नाबी ९,इकरान अलिखिल २ र राशिद खान शुन्यमा आउट भए । तल्लोक्रमका अफतव आलमले १० बलमा ३ चौका सहित १४ रनको योगदान दिए । हमिद हसन ७ रनमा अविजित रहे ।

न्युजिल्यान्डका अलराउण्डर जेम्श निशमले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । ल्योकी फग्र्युसनले ९.१ ओभरमा ३ मेडन सहित ३७ रन खर्चेर ४ विकेट लिए । कालिन डी ग्राण्डहोमले १ विकेट हात पारे ।

न्युजिल्यान्डले आफ्ना् चौथो खेल आगमी विहीबार भारतसँग खेल्ने छ । यता लगातार तेस्रो खेलमा पराजित भएको अफगानिस्तानले चौथो खेल आगमी शनिवार दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top