२६ जेष्ठ, २०७६
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो पनि गरेका छन् ।
‘किसान बर्गीकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो’, मन्त्री खनालको भनाई थियो, ‘तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’
मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी पनि गरे ।