३० जेष्ठ, २०७६ काठमाडौं । सांसदहरुले लोकसेवा आयोगको विज्ञापन,गुठी विधेयकलगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमाबोल्दै सांसदहरुले लोकसेवाआयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनकार्यान्वयननभएको भन्दै त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
सांसद प्रदिप यादवले लोकसेवाआयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनपालनानहुने संसदीयगरिमा र मर्यादाको खिलाप भएको बताए । निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवाआयोगका कर्मचारी र विभागिय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधानअनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएको प्रति उनले आपत्ति जनाए ।
सांसद प्रमोद साहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । व्यक्ति विशेषको आदेश पालनाभएर संविधानको पालना नभएको भन्दै उनले देश संविधानले चलाएको छ कि व्यक्तिले चलाएको छ भन्ने बुझ्न गाहे भएको टिप्पणी गरे । उनले लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क गरे ।
सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद कृष्णभक्त पोख्रेलले संविधानको धारा २ सय ९० अनुसार नै सरकारले गुठी विधेयकल्याएको दाबीगरे । उनले धर्म संस्कृतिको रक्षाकालागि गुठी विधेयकल्याईएको भन्दै गुठीको प्रस्तावना लगायतदफाहरु पढेर सुनाए । केहीदिन देखि तथ्यतर्फ इंगित नै नगरी गुठी विधेयककाबारेमागोयवल्स शैलीको चर्चा गरेर सिंगो राष्ट्रमा गलत संदेश दिने प्रयास गरिएको आरोप उनले लगाए ।
सांसद नारद मुनि रानाले जेठ २३ र २९ गतेको हावाहुरीले कैलालीकाविभिन्न स्थानमा ठुलो क्षतिपुगेको भन्दै प्रभावितको उचितव्यवस्थापनकालागि सरकारको ध्यानाकर्षण गराए ।