×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको गम्भीर ध्यानाकर्षण

३० जेष्ठ २०७६

३० जेष्ठ, २०७६

सांसदहरुले लोकसेवा आयोगको विज्ञापन,गुठी विधेयक लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराएका हुन् । सांसद प्रदिप यादवले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना नहुने संसदीय गरिमा र मर्यादाको खिलाप भएको बताए । निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवा आयोगका कर्मचारी र विभागिय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधान अनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएकोप्रति उनले आपत्ती पनि जनाए ।

सांसद प्रमोद शाहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । व्यक्ति विशेषको आदेश पालना भएर संविधानको पालना नभएको भन्दै उनले देश संविधानले चलाएको छ कि व्यक्तिले चलाएको छ भन्ने बुझ्न गाहे भएको टिप्पणी गरे । उनले लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क गरे ।

सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रदिप यादवले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना नहुने संसदीय गरिमा र मर्यादाको खिलाप भएको बताए । निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवा आयोगका कर्मचारी र विभागिय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधान अनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएकोप्रति उनले आपत्ती पनि जनाए ।

सांसद प्रमोद शाहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । व्यक्ति विशेषको आदेश पालना भएर संविधानको पालना नभएको भन्दै उनले देश संविधानले चलाएको छ कि व्यक्तिले चलाएको छ भन्ने बुझ्न गाहे भएको टिप्पणी पनि गरे । उनले लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क पनि व्यक्त गरे ।

सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णभक्त पोख्रेलले संविधानको धारा २ सय ९० अनुसार नै सरकारले गुठी विधेयक ल्याएको दाबी गरे । उनले धर्म संस्कृतिको रक्षाका लागि गुठी विधेयक ल्याईएको भन्दै गुठीको प्रस्तावना लगायत दफाहरु पढेर सुनाए । केहीदिन देखि तथ्य तर्फ इंगित नै नगरी गुठी विधेयकका बारेमा गोयवल्स शैलीको चर्चा गरेर सिंगो राष्ट्रमा गलत संदेश दिने प्रयास गरिएको उनको आरोप थियो ।

Advertisement

सांसद नारद मुनि रानाले जेठ २३ र २९ गतेको हावाहुरीले कैलालीका विभिन्न स्थानमा ठुलो क्षति पुगेको भन्दै प्रभावितको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top