३० जेष्ठ, २०७६
सांसदहरुले लोकसेवा आयोगको विज्ञापन,गुठी विधेयक लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराएका हुन् । सांसद प्रदिप यादवले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना नहुने संसदीय गरिमा र मर्यादाको खिलाप भएको बताए । निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवा आयोगका कर्मचारी र विभागिय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधान अनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएकोप्रति उनले आपत्ती पनि जनाए ।
सांसद प्रमोद शाहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । व्यक्ति विशेषको आदेश पालना भएर संविधानको पालना नभएको भन्दै उनले देश संविधानले चलाएको छ कि व्यक्तिले चलाएको छ भन्ने बुझ्न गाहे भएको टिप्पणी गरे । उनले लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क गरे ।
सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रदिप यादवले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना नहुने संसदीय गरिमा र मर्यादाको खिलाप भएको बताए । निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवा आयोगका कर्मचारी र विभागिय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधान अनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएकोप्रति उनले आपत्ती पनि जनाए ।
सांसद प्रमोद शाहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । व्यक्ति विशेषको आदेश पालना भएर संविधानको पालना नभएको भन्दै उनले देश संविधानले चलाएको छ कि व्यक्तिले चलाएको छ भन्ने बुझ्न गाहे भएको टिप्पणी पनि गरे । उनले लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क पनि व्यक्त गरे ।
सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद कृष्णभक्त पोख्रेलले संविधानको धारा २ सय ९० अनुसार नै सरकारले गुठी विधेयक ल्याएको दाबी गरे । उनले धर्म संस्कृतिको रक्षाका लागि गुठी विधेयक ल्याईएको भन्दै गुठीको प्रस्तावना लगायत दफाहरु पढेर सुनाए । केहीदिन देखि तथ्य तर्फ इंगित नै नगरी गुठी विधेयकका बारेमा गोयवल्स शैलीको चर्चा गरेर सिंगो राष्ट्रमा गलत संदेश दिने प्रयास गरिएको उनको आरोप थियो ।
सांसद नारद मुनि रानाले जेठ २३ र २९ गतेको हावाहुरीले कैलालीका विभिन्न स्थानमा ठुलो क्षति पुगेको भन्दै प्रभावितको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।