३० जेष्ठ, २०७६
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
असार १ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म ले बढाईएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।
खनालका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए ।
सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।