मालाथिन स्प्रे छिट्दा के गर्ने ?

३० जेठ, विराटनगर
डेंगुको संक्रमण फैलिएको मोरङमा अहिलेसम्म १० जनामा यसको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार संक्रमित मध्ये ६ जना उपचार पश्चात घर फर्किएका छन भने ४ जनाको विभिन्न अस्पतालमा उपचार भैइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा बिहीबार विराटनगरमा भएको डेगु नियन्त्रण र रोकथाम सम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै बस्नेतले यस्तो जानकारी दिएका हुन् । उनले यसको नियन्त्रण र रोकथामका लागि प्रचारप्रसारलाई तिव्रता दिनु पर्नेमा जोड दिए । यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक उपनिर्देशक डाक्टर विकास साहका अनुसार अहिलेसम्म ४ सय जनामा डेंगुको संक्रमण भेट्टिएको छ । दैनिक रुपमा ३० जना डेगु संक्रमित प्रतिष्ठानमा आउने गरेका छन् ।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई डेगुको फोकल पर्सन तोकी अन्य नगरपालिका तथा गाउपाकिामा पनि फोकल पर्सन तोक्दै प्रचारप्रसारलाई तिव्र बनाउन र डेंगु पहिचान र नष्ट गर्न निर्देशन दिए । कार्यक्रममा बोल्दै डाक्टर शंकर अधिकारी, कैलाश श्रेष्ठ, सूर्य पराजुली, लक्ष्मीनारायण यादव लगायतले प्रचारप्रसारलाई तिव्र बनाई आआफनो स्थानबाट डेंगुलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नु पर्ने बताएका थिए । छिमेकी जिल्ला सुनसरीको धरानमा डेंगु महामहारीको रुपमा फैलिए पछि अन्य जिल्लामा प्रकोपको रुपमा फैलन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले खोज र नष्ट गर अभियानलाई तिव्रता दिएको जनाएको छ ।

यस्ता हुन्छन डेंगुका लक्षण
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका स्वास्थ्य अधिकृत उत्सव पोखरेलले उच्च ज्वरो आउनु, ५, ७ दिनसम्म ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्नु डेंगु रोगको मुख्य लक्षण भएको बताए । डेंगु रोगबाट बच्न गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । पानी टयाङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्ने उनले बताए ।

मालाथिन स्प्रे छिट्दा के गर्ने ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाश साहका अनुसार मालाथिन स्प्रे छिट्दा त्यसको असर घर भित्र पस्न नदिन झ्याल ढोका लगाउनु पर्ने, बालबालिका तथा घरका सदस्यहरु घर भित्र बस्नु पर्दछ । उनले छिट्ने व्यक्तिहरु बढी प्रभावित हुने भन्दै माक्स, पन्जा लगायतका सामग्रीहरु लाएर मात्र छिट्नुपर्ने बताए । घर भित्र हुने डेंगुको लामखुट्टे नष्ट गर्न सफा जमेको पानी घोप्टयाउनु पर्ने, बेगन स्प्रे गरेर २ घण्टा झयाल ढोका बन्द गर्दा पनि नियन्त्रण गर्न सकिनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top