×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौँका यी ठाउँमा अब ‘स्मार्ट पार्किङ’

३१ जेष्ठ २०७६

राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको परिक्षण भइरहेको छ ।

स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै छन् भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । “एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,” ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक शैलेश कुँवरले भने, “तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।”

Advertisement

छिट्टै नै अनलाइन बुकिङ र पेमेन्टको सुविधा सहित स्र्माट पार्किङ सुरु हुने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top