विश्व रक्तदाता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो

३० जेठ ७६, शुक्रबार

३१ जेष्ठ, काठमाडौं ।

नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ ।

विश्व रक्तदाता दिवसकै अवसर पारेर शुक्रबार काठमाडौंमा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरियो । रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाडौंको वीर अस्पतालबाट सुरु भएको प्रभातफेरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन गरिएको थियो । कार्यक्रममा बोल्दै सो प्रयोगशालाकी निर्देशक रुना झाले रगतको अभाव हुन नदिने उद्देश्यका साथ सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बताईन । उनले स्वस्थ नागरिकहरुलाई रगत दान गरेर त्यसलाई अभाव हुन नदिन पनि आग्रह गरिन् । चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन् । रगत दान गर्दा कुनै असर नपर्ने पनि डा. झाले बताईन् ।

Advertisement

प्रभातफेरीमा ब्लड डोनर एशोसिएशन अफ नेपाल, रेडक्रशलगायतका संघ, संस्थाहरु सहभागी भएका थिए । सरकारले नेपालमा रगतको उचित व्यवस्था गर्न राष्ट्रिय रक्त संचार व्यूरोकै व्यवस्था गरेको छ । नेपालमा २ प्रतिशत जनसंख्याले मात्रै नियमित रगत दान गरेपनि रगतको अभाव नहुने सरकारी तथ्यांकले औंल्याएको छ । तर जनचेतनाको अभावमा रगत दान गर्ने काममा भने कमी हुने गरेकाले त्यसलाई बढाउनका लागि पनि रगत दान गर्न आह्वान गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गरिएको डा. झाले बताईन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top