कर तथा लेखा प्रणाली सम्बन्धी प्रशिक्षण सम्पन्न

कर तथा लेखा प्रणाली सम्बन्धी प्रशिक्षण सम्पन्न

३२ जेष्ठ, काठमाडौं ।

साना तथा मझौला व्यवसायीहरुका लागि कर तथा लेखा प्रणाली सम्बन्धमा प्रशिक्षण दिईएको छ ।

कर नीति, व्यवसाय दर्ता तथा लेखा व्यवस्थापन र व्यवसायजन्य प्रशासनिक समस्या लगायत विषयमा व्यवसायीलाई प्रशिक्षण दिईएको हो । व्यवसाय र नीतिगत विषयमा सधै ठुला व्यवसायी मात्रै केन्द्रविन्दुमा रहने र साना व्यवसायीको समस्या तथा व्यवसायजन्य प्रशासनिक जटिलताको विषय ओझेलमा पर्ने गरेको गुनासो व्यवसायीबाट नै भईरहेका बेला साना तथा मझौला व्यवसायीका लागि कर प्रशिक्षण दिईएको हो । फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स् एण्ड एसएमइज (फोन्सास)ले शनिबार आयोजना गरेको कार्यक्रममा नेपालको कर प्रणालीको साथै व्यवसायजन्य कर लगायत प्रशासनिक प्रक्रियाका बारेमा प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा कर प्रणाली र प्रक्रिया तथा प्रशासनिक प्रक्रियाका बारेमा कर विज्ञ उमेश राज पाण्डेयले प्रशिक्षण दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.