आधुनिक ओलम्पिक स्थापनाको अवसरमा राजधानीमा साईकल र्याली

आधुनिक ओलम्पिक स्थापनाको अवसरमा राजधानीमा साईकल र्याली

३२ जेष्ठ, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीले आधुनिक ओलम्पिक स्थापनाको अवसरमा राजधानी काठमाण्डौमा साईकल र्याली गरेको छ ।

शनिबार ललितपुरको सातदोबाटोस्थित ओलम्पिक भवनबाट साईकल र्याली निकालिएको हो । काठमाडौंको भृकुटीमण्डपसम्म पुगेको साईकल र्यालीमा खेलाडी, खेलप्रेमी तथा पदाधिकारी समेत गरि झण्डै ३ सय सहभागी थिए ।

सन् १८९४ जुन २३ मा आधुनिक ओलम्पिक स्थापना भएको थियो । सोही दिनको स्मरणमा विश्वभर जुन २३ तारिखमा ‘ओलम्पिक डे’ मनाउने गरिन्छ । ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’का दिन असार ८ गते विशेष कार्यक्रम गर्ने भएको छ । कार्यक्रमहरु सात वटै प्रदेशमा गरिने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.