नेकपाकै सांसदले सञ्चारमन्त्रीको राजीनामा माग्दै भने, ‘दिनगन्ती सुरु भयो’

१ असार ७६, आइतबार
Share this
708shares

सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गेठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए ।

Advertisement

‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने ,‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ, भने राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’

मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलार्य सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top