NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन गगन थापाको आव्हान

आइतवार असार १ , २०७६
Reading Time: 1 min read
A A
सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन गगन थापाको आव्हान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ असार, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तीलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गरेका हुन् । चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्न सक्ने भन्दै उनले सबैलाई सचेत हुनुपर्नेमा जोड दिए । सरकारले आफुलाई मन नपरेकाको मुख थुन्दै गएको भन्दै उनले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गरे ।

Advertisement

उनले भने, “म त भन्छु, प्रधानमान्त्रीकै पाटी भित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकि यहाँ अब कोही पनि सुरक्षित छैन । यो कानुन पारित भईसकेपछि यो कानुनको कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौ । यहाँ केबल सरकारका अरिंङगालहरु मात्र सुरक्षित रहन सक्छन् ।”
सूचना प्रविधि विधेयक संसदबाट बहुमतको बलमा पारित गरियो भने सबैका लागि लागु हुने भन्दै उनले ‘यो कानुन मेरा लागि होइन भनी सोच्ने हो’ भने एकदिन जर्मन कवि मार्टिन निमोरले भने जस्तै अवस्था श्रृजना हुने दाबी गरे ।

उनले भने, “पहिले उनीहरु समाजवादीलाई लिन आए । म बोलिनँ । किन कि म समाजवादी थिईन । उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए, म बोलिनँ । किन कि म ट्रेड युनियनकर्मी थिईनँ । उनीहरु जुजलाई लिन आए । म बोलिनँ किन कि म जुज थिईनँ । जब उनीहरु अन्तिममा मलाई लिन आए, मेरा लागि बोल्न बाँकी कोही थिएन । सम्माननिय सभामुख महोदय, यस्तै अवस्था आउदै छ । उठौ ,बोलौ , जागौ, सरकारको यो कानुनका विरुद्ध अहिले हो बोल्ने बेला । यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलाप मात्रै होइन । हाम्रो आन्दोलनको , अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हो । त्यसैले म यो कानुनको विरुद्ध जनमत श्रृजना गर्न पनि म सबैलाई अनुरोध गर्दछु ।”
स्वतन्त्रताको अर्थ स्वच्छन्दता होईन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको टिप्पणी उनले गरे । उनले भने, “सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान ध्वस्त गर्ने गरि गाली बेइजेति गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइजेति र शिष्टचार वा नैतिकताको नाममा जुनबेला मनलाग्यो, जसको जतिबेला जहाँ मन लाग्यो त्यही ठाउमा गएर मुख थुन्न पाउने गरि कानुन सरकारले बनाउन लागेको छ । ”

अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले २०१५ मा सिंगल भर्सेस अफ इण्डियाको मुद्धामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ ए लाई असंबैधानिक भन्दै खारेज गरेको उल्लेख गर्दे उनले नेपालमा भारतमा भन्दा कठोर कानुन बनाउन लागिएको दाबी गरे । उनले भने, “नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुत संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ कुनै पनि व्यक्तिलाई जिस्काउने , झुक्काउने, होच्याउने , हत्तोत्साही गर्ने, धम्क्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ बर्ष कैद र १५ लाख सम्मको जरिवाना भोग्नुपर्नेछ । जिस्काउने, झक्काउने, होच्याउनेको परिभाषा के ? ”
एक पछि अर्को गर्दै सरकारले ल्याएका पछिल्ला विधेयकबाट सरकारले आफुलाई सर्वशक्तिमान ठानेको स्पष्ट भएको बताए । उनले सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा फ्याक्ने, गीत गाउने गायक, चलचित्रको समिक्षा गर्ने समिक्षक र संस्कृति बचाउको माग गर्ने विरुद्धको सरकारको हस्तक्षेप डरलाग्दो भएको बताए ।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने सरकारका प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको महत्वका बारेमा अन्तराष्ट्रिय जगतमा भाषण गरेको भन्दै उनले व्यंग्य गरे ।

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.