×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

८० प्रतिशत पूँजीगत खर्च गर्ने प्रदेश १ सरकारको दाबी

२ असार २०७६

२ असार, विराटनगर ।

चालु आर्थिक वर्ष भन्दा ७ अर्ब भढीको बजेट सार्वजनिक गरेको प्रदेश १ सरकारले आगामी वर्ष ८० प्रतिशत भन्दाबढी पूँजीगत खर्च गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन ।

Advertisement
Advertisement

मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री आङ्बोले चालु आर्थिक वर्षको प्रारम्भदेखि नै बजेट खर्च सुरु हुने बताए । प्रदेश सरकारसँग बजेट कार्यान्वयनकालागि न्युनतम कार्यालयहरु र थोरै भएपनि कर्मचारीको टिम रहेकोले बजेट कार्यान्वयन अगाडि बढाउन समस्या नरहेको उनले बताए । चालु आर्थिक वर्षमा पूँजीगत बजेट अपेक्षा गरेभन्दा कम खर्च हुँदा प्रदेश सरकारसँग झण्डै ६ अर्ब नगद मौज्दात रहेको थियो । त्यसलाई आगामी वर्षको योजनामा समायोजन गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीले चालु वर्षको झण्डै आधा समय बजेट खर्च हुन नसक्ने अवस्था रहँदा पनि अन्तिम सम्ममा ५० प्रतिशत बढी पूँजीगत खर्च हुने जिकिर गरे ।

आगामी आर्थिक वर्षकालागि पूर्वाधार विकासकालागि २० अर्व हाराहारीमा बजेट विनियोजन गरेको र पूर्वाधार विकासले उत्पादन, रोजगार, आर्थिक समृद्धिको आधार तयार पार्ने सरकारको विश्वास छ । प्रदेश योजना आयोगले विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न आगामी वर्ष ५५ अर्व बजेट आवश्यक पर्ने बताएको थियो । आन्तरिक स्रोतको न्युनता र योजना कार्यान्वयनकालागि आवश्यक संयन्त्रको पूर्णता नहुँदा सरकारले क्षमतामा आधारित भएर मात्र बजेट ल्याएको मन्त्री आङ्वोले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारकोे बजेट ल्याएको छ । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ । बजेटको स्रोत मध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ । चालु आर्थिक वर्ष सकिन १ महिनामात्र बांकी रहदा प्रदेश १ को बजेट खर्च २९.४० प्रतिशत मात्र भएको छ । चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ ५ अर्ब १६ करोड ९३ लाख र चालूतर्फ ५ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले चालूतर्फ ३०.७ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ २८.७५ प्रतिशत मात्र खर्च गरेको छ । सबैभन्दा धेरै बजेट विनियोजन गरिएको भौतिक पूर्वाधारमा १९.५३ प्रतिशत खर्च भएको छ ।

Advertisement

चालु आर्थिक वर्षमा प्रदेश सरकारले कम्तिमा ६० प्रतिशत पुँजिगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top