रेमश चौधरी वीर अस्पताल भर्ना

५ असार ७६, शुक्रबार

५ असार, काठमाडौं । सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर घटनामा दोषी ठरह भएर जेल जीवन बिताइरहेका सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।

हाडमा ट्युमर भएका उनको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अपरान्ह वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। फोक्सो र बोनम्यारोमा समस्या देखिएको रेशमका भाइ मिठुलाल चौधरीले बताए। वीरमा उनको स्वास्थ्य परीक्षण भइरहेको छ । चौधरीले पहिलैदेखि दिनहुँ वीरमै फिजियो थेरापी गराउँदै आएका छन् । २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा रेशम चौधरी १५ महिनादेखि जेलमा छन् । उनलाई डिल्लीबजार सदरखोरमा राखिदै आएको छ ।

केहीअघि कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। २०७४ मंसिरमा भएको संसदीय निर्वाचनमा उनी कैलाली–४ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top