×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दीप र सोमपालले ग्लोबल टी—ट्वान्टी लिग खेल्ने

६ असार २०७६

काठमाडौँ, असार ६
नेपाली राष्ट्रिय टोलीका दुई बलर सन्दीप लामिछाने र सोमपाल कामीले क्यानाडाको ग्लोबल टी–ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन् । बिहिबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीप र तीब्र गतिका बलर सोमपाललाई ग्लोबल टी—ट्वान्टी लिग क्लबले खरिद गरेको छ ।

ड्राफ्टबाट सन्दीपलाई टोरन्टो नेसनल्सले १० औं चरणमा खरिद गरेको हो । सन्दीपले ६० हजार अमेरिकी डलर पाउने छन् । योसंगै सन्दीपले लगातार दोस्रो सिजन यस लिग खेल्ने भएका छन् । गत सिजन उनले मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । सन्दीपको टिमको मार्की प्लेयर भारतीय स्टार युवराज सिंह रहेका छन् ।

Advertisement
Advertisement

Advertisement

यस्तै सोमपालले विनिपेग हक्सबाट खेल्नेछन् ।सोमपाललाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको हो । सोमपाल ११ औं चरणमा छनोट भएका हुन् । सोमपालले पहिलो पटक ग्लोबल टी(ट्वान्टी लिग खेल्न लागेका हुन् । र, सोमपाल विदेशी फ्रेन्चाईज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् । सोमपालको टिममा जेपी डुमिनी, ड्वेन ब्राभो र क्रिस लिन जस्ता खेलाडी रहेका छन् । यस सिजनको लिग आगामी जुलाई २५ देखि ११ अगष्टसम्म क्यानाडामा आयोजना हुँदैछ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top