साहिद कपुरको ‘कबिर सिंह’ले कमायो पहिलो दिनमै २०.२१ करोड

६ असार ७६, शनिबार

एजेन्सी, असार ७
अभिनेता शाहिद कपूर अभिनित बलिउड चलचित्र ‘कबिर सिंह’ ले बक्स अफिसमा शानदार कमाई गरेको छ ।हिजो बाट प्रदर्शनमा आएको सो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा २०.२१ करोडको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् ।

चलचित्र ‘कबिर सिंह’ले यस बर्ष २०१९ मा बलिउडमा पहिलो दिन सर्वाधिक कमाइ गर्ने चलचित्रको लिस्टमा चौथो नम्बरमा परेको छ । यस वर्षा प्रदर्शनमा आएको सलमान खानको हिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेको थियो ।त्यस्तै कलंकले २१.६० करोड भने केसरीले २१.०६ करोड व्यापार गरेको थियो । यो शाहिद कपूरको अभिनित अहिले सम्मकै चलचित्रमा सबै भन्दा ठुलो ओपनिङ्ग रेकड हो ।

चलचित्रमा शाहिदको शिर्ष भूमिका रहेको कबिर सिंहले प्रशंसा पाइरहेको छ । फिल्म शाहिद एक म्याड लभरको रुपमा खरो उत्रिएका छन् ।सिनेमामा साहिदको अपोजिट कियारा आडवाणी छन् ।

Advertisement

सन्दीप भांगा निर्देशित चलचित्र ‘कबिर सिंह’ लाई ब्लकबस्टर तलेगु सिनेमा ‘अर्जुन रेड्डी’बाट उतारेका हुन् ।साहिद कपुरले हैदर, जब वि मिट, कमिने, रंगून, पद्मावत जस्ता सफल चलचित्रमा आफूलाई फरक फरक अवतारमा प्रस्तुत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top