काठमाडौं–निजगढ द्रुतमार्ग समयमै सम्पन्न गर्न सेनालाई निर्देशन

९ असार, काठमाडौँ ।
संसदीय समितिले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।संघीय संसदको विकास तथा प्रविधि समितिले सो आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ ।

Advertisement

समितिको सोमबारको बैठकमा सो आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डिपीआर मन्त्रीपरिषद बैठकबाट स्वीकृत नभएकाले सो आयोजनाको पुल र सुरुङ निमाणको कामलाई बढाउन समस्या भएको जानकारी गराएका थिए ।

आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । उनले मन्त्रीपरिषद बैठकमा पेश गरेको सो आयोजनाको डिपीआर तत्काल स्विकृत गरी नेपाली सेनालाई दिन पनि समितिले सरकारलाई सचेत गराएको बताइन् ।

Advertisement

बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको लागत र समय दुवै बढने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘नेपाली सेनाले आगामी २ वर्ष भित्र सो आयोजना निर्माणको काम सम्पन्न गर्न सक्दैन’, समितिका सदस्य गणेश पहाडीको भनाई थियो, ‘अहिलेसम्म पुल र सुरुङ निर्माणको काम सुरु नभएकाले पनि सो आयोजनाको काम आगामी २ वर्ष भित्र नेपाली सेनाले सम्पन्न गर्न नसक्ने मेरो निष्कर्ष छ ।’

समितिका अर्का सदस्य जिपछिरिङ लामाले सो आयोजनाको काम आगामी ५ वर्ष भित्र पनि नेपाली सेनाले सम्पन्न गर्न नसक्ने दावी गरेका थिए । उनले नेपाली सेनाले हालसम्म गरेको काम सन्तोषजनक नरहेको उल्लेख गर्दै त्यसको लागत पनि बढेर जाने चिन्ता व्यक्त गरे ।

Advertisement

यता, आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेश गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपीआर स्विकृतिमा ढिलाई भए सो आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराएका थिए । उनले सुरुङ र पुल निर्माणको कामबाहेक अन्य कामलाई भने दू्रत गतिका साथ अघि बढाइएको पनि बताए ।

नेपाली सेनाले सुरुङ निर्माणका कारण सो आयोजनाको लागत बढन सक्ने पनि अनुमान गरेको छ । २०७८ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको लागत बढेर पौने २ खरव पुग्ने नेपाली सेनाको अनुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top