विराटनगर, माघ १२
राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले मुस्लिम समुदायबाट एक जनाको पनि उम्मेदवारी नदिइएको भन्दै विभिन्न मुस्लिम संगठनहरुले विरोध जनाएका छन् ।
आगामि मा २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले मुस्लिम समुदायको प्रतिनिधित्व नगराएको भन्दै विभिन्न दल निकट मुस्लिम संगठनहरुले विरोध जनाएका हुन् ।
नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन, कांग्रेस निकट मुस्लिम संघ नेपाल र माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाले रिपोटर्स क्लबमा आज संयुक्र पत्रकार सम्मेलन गरि विरोध जनाएका हुन् ।
संगठनका नेताहरुले ‘थ्रेस होल्ड’ का कारण मुस्लिम समुदायको प्रतिनिधित्व हन नसकेकाले खारेज गरिनुपर्ने माग गरे । उनीहरुले महिला, दलित तथा अपाङगलाई जस्तै विषेश अधिकार दिनुपर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फरुकी, , कांग्रेस निकट मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तार र माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका अतहर हुसेन फारुकी सहभागी थिए ।
यस्तो छ विज्ञप्ती