विप्लव नेकपाको बन्द : देशभर सुरक्षाव्यवस्था कडा, २८ स्थानमा शंकास्पद वस्तु भेटियो

१० असार, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको राजधानी काठमाडौंमा सामान्य प्रभाव परे पनि अन्य जिल्लाहरुमा भने पूर्ण प्रभाव परेको छ। बन्दका कारण काठमाडौंबाट छुट्ने लामो दूरी तथो छोटो दूरीका सवारीसाधन ठप्प प्रायः छन्। भने विद्यालय, बजार तथा उद्योग, कलकारखानासमेत बन्दको प्रभावमा परेका बताइएको छ।

Advertisement

असार ५ गते विप्लव सर्लाही जिल्लाका संयोजक कुमार पौडेलको प्रहरीको गोली लागि मृत्यु भएको विरोधमा विप्लव समूहले बन्दको आह्वान गरेको हो ।  यसैक्रममा आज देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन्। देशका २८ भन्दा बढी स्थानमा शंकास्पद वस्तु राखिएको भेटिएको प्रहरी प्रवक्ता विश्वराज पोखरेले जानकारी दिए । जनतामा त्रास र भय सिर्जना गर्न तार हुक गरी यस्ता शंकास्पद वस्तु राखिएको उनले बताए।

किर्तिपुर र ललितपुरको जावलाखेलमा समेत राखिएको भेटिएको छ। किर्तिपिरको नयाँबजारको गेट छेउमा रातो झण्डाले बेरिएको भित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु भेटिएको र सो वस्तु बम नभएको प्रमाणित भएको प्रहरीले जनाएको छ। यस्तै शंकास्पद वस्तु जावालाखेलमा पनि भेटिएको भए पनि सो वस्तु बम नभएको प्रहरीले स्पष्ट पारेको छ।

Advertisement

विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपछि देशभर सुरक्षाव्यवस्था कडा बनाइएको छ। सोमबारका रात्री सेवा तथा मंगलबार बिहान छुटेका लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा र्पुयाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top