×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

विराटनगर महानगरले ल्यायो ५ अर्बको बजेट, पूर्वाधारमा २ अर्ब ; बृक्षारोपणदेखि प्रधानमन्त्रीको स्मृति पार्क बनाइनेसम्मका योजना

१० असार २०७६

१० असार, विराटनगर ।

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ५ अर्ब १२ करोडभन्दा बढीको अनुमानित आयब्ययसहितको निति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको छ ।

Advertisement
Advertisement


प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको उपस्थितिमा महानगरका तर्फबाट मेयर भीम पराजुलीले ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँ बराबरको आयब्यय सार्वजनिक गरेका हुन । अनुमानित रकममध्ये महानगरपालिकाको आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजार, राजस्व बाँडफाँडबाट ७२ करोड ५९ लाख ४३ हजार ५ सय, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ४७ करोड ८४ लाख ७० हजार रहेको छ । त्यस्तै संघीय सरकार सःशर्त अनुमान विषयगत कार्यालयतर्फ ५८ करोड ८९ लाख, नेपाल सरकार समपपूरक र विशेष अनुदान १२ करोड ५० लाख, संघीय सरकार सशर्त अनुदान ३९ करोड ५० लाख, वैदेशिक र अन्य संघसंस्थाबाट अनुदान २ करोड ३२ लाख ४० हजार, जनसहभागिताबाट ४ करोड ३५ लाख ४४ हजार, नगर विकास कोष ऋण सहयोग ११ करोड ५० लाख रहेको मेयर पराजुलीले बताए । महानगरले सार्वजनिक गरेको बजेटमा आन्तरिक आय वृद्धिबाट २० करोडसमेत गरी ३ अर्ब २९ करोड ४९ लाख १२ हजार ५ सय आय हुने जनाइएकोछ । प्रशासनिक खर्चतर्फ ६४ करोड ९२ लाख ७ हजार विनियोजन गरिएको छ । प्रदेशको राजधानी विराटनगरमा महानगरका तर्फबाट बनाउनु पर्ने संरचनालाई प्राथमिकतामा राखेर विनियोजन गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार निर्माणमा २ अर्ब ५ करोड ३९ लाख विनियोजन गरिएको छ । जुन कूल बजेटको ६२ दशमलव ३४ प्रतिशत हो । यसैगरी महानगरले वातावरण तथा सरसफाई, विपद व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, सरकारी व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन तथा कृषि तथा पशुपंक्षी कार्यक्रमका लागि ११ करोड ८३ लाख ३८ हजार विनियोजन गरिएको मेयर पराजुलीले जानकारी दिए । शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य कार्यक्रमका लागि १२ करोड ९५ हजार ५ सय र सामाजिक विकास, महिला तथा बालबालिका कार्यक्रमका लागि ३४ करोड ३८ लाख ८० हजा बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासलाई प्राथमितामा राखेको महानगरले सिंघिया र केशलिया खोलामा तटबन्ध निमार्ण र हरियाली प्रबद्र्धन कार्यक्रम अगाडि बढाउने घोषणा गरेको छ । साथै उक्त नदीका ३ सय मिटर दाया बाया माटो लगायत नदीजन्य पदार्थको उत्खनन् गर्न रोक लगाउने निति लिएको छ । प्रदेश राजधानी रहेको विराटनगरलाई सुन्दर र सफा शहर बनाउन टेलिफोन बिजुली, केबल तथा इन्टरनेट तारलाई ब्यवस्थित गर्ने योजना बनाएको छ । महानगरले बढ्दो ट्राफिकजाम कम गर्नका लागि महानगरमा प्रवेश गर्ने नहरका दुवैतर्फ बाइपास सडक निमार्ण गरी कोशी राजमार्गमा भएको चापलाई न्यूनिकरण गरिने उल्लेख छ । महानगरले हरेक वडामा एक पार्क तथा पिकनिक स्थल विकास गरी सौन्दर्यकरण गर्ने निति लिएको छ । यस्तै महानगरले नगरका सबै कच्ची सडक आगामी ३ वर्ष भित्र ग्राभेल गर्ने उल्लेख गरेको छ । यसैगरी महानगरले विराट राजाको दरबारलाई पर्यटककीय क्षेत्रको रुपमा विकास गरिने, बैजनाथपुर खेल मैदानलाई अन्तराष्ट्रिय स्तरको विकास गर्ने निति लिएको छ । महानगरले ब्यवसायिक भवन बनाउदा पाकिङ अनिर्वाय नबनाए नक्सा पास नगर्ने उल्लेख गरिएको छ । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी रोजगारी सृजना गरिने निति लिइएको छ । महानगरले छाडा पशु नियन्त्रण गर्नका लागि काज्नी हाउस, सामूदायिक कुकुर, सुँगुर राख्ने उपयुक्त संरचना बनाउने घोषणा गरिएको छ । महानगरले कृषियोग्य जमीन एक वर्षभन्दा बढी बाझो राखे जग्गाधनीलाई मालपोत करमा २५ प्रतिशत अतिरिक्त जरिवाना लिने घोषणा गरेको छ । महानगरले उद्योग क्षेत्र अन्र्तगत स्वदेशी कच्चा पर्दाथ प्रयोग हुने लधु तथा मझौला उद्योग संचालन गर्दा सडक पूर्वाधार निमार्णलाई प्राथमिकता दिएको छ । महानगरले मोरङ जिल्लामा जन्मथलो तथा कर्मथलो बनाई प्रधानमन्त्री हुनु भएका प्रधानमन्त्रीहरुको सम्मानमा प्रधानमन्त्री स्मृति पार्क यसै आर्थिक वर्षबाट निमार्ण गर्ने भएको छ ।

Advertisement

चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व उठाउन नसकेको महानगरले आगामी ३ वर्षलाई राजस्व अभिबृद्धि अभियान सुरु गर्ने निति लिएको छ । घरबाटै ब्यवसाय नविकरण अभियान सुरु गर्ने, हाट बजारलाई ब्यवस्थित गरी करको योगदान सुनिश्चित गरिने उल्लेख छ । महानगरलाई १० वर्ष भित्रमा यहाँको बन क्षेत्रलाई १० प्रतिशत पुर्याउने लक्ष्य लिएको महानगरले सडकमा बृक्षारोपणलाई प्राथमिकता र रुखसहितका चौतारो विश्रामस्थल बनाउदा आर्थिक सहयोग गर्ने घोषणा गरेकोछ । अब महानगरमा घर बनाउदा १० प्रतिशत भाग आरसीसी नगरी खुल्ला राख्नु पर्ने निति लिएको छ । यस्तै महानगरमा साईकल लेन बनाउन सम्भाब्यता अध्ययन गरिने मेयर पराजुलीले नँति तथा कार्यक्रममा उल्लेख गरेका छन ।फोहोर महिला ब्यवस्थापनलाई जोड दिएको महानगरले टोल संगठन,सहकारी र महानगरको सहकार्यमा ५०, ५० डस्विन कार्यक्रम संचालन गर्ने निति लिएको छ । यस्तै फोहोरो गर्नेको सूचना दिनेलाई जरिवानाको २५ प्रतिशत प्रोत्साहन दिने उल्लेख गरिएको छ । महानगरले प्रत्येक वडामा एक नेतृत्व विद्यालयको विकासमा जोड दिएको छ ।यस्तै विपन्न वर्गका विद्यार्थीेका लागि कक्षा १ देखि ५ सम्म टिफिनको ब्यवस्था गर्ने घोषणा गरेको छ ।महानगरले विज्ञ शिक्षकलाई विद्यालयमा परिचालन गर्ने निति लिएको छ । महानगरले युवा सूचना तथा रोजगार केन्द्को ब्यवस्था गरेको छ । यस्तै हरेक वडामा एक युथ क्लब गठन गरेको छ । यस्तै युवाका लागि उद्यमी विकास कार्यक्रम संचालन गरिने उल्लेख छ । महानगरले खेलकुदको विकासका लागि मेयर कप क्रिकेट प्रतियोगिता, मेयर कप मीनी ओलम्पिक, उपमेयर कप महिला कराते तथा वडास्तरीय वडाध्यक्षकप कप खेलकुद प्रतियोगिता संचालन गर्ने तय गरेको छ । महानगरले आगामी वर्षपनि ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने जनाएको छ । महानगरले कला साहित्य सर्जक १, १ जनालाई विराट साहित्य सम्मान दिने घोषणा गरिएको छ । यस्तै २५ वर्षदेखि साहित्य सेवामा लागेका सर्जकहरुलाई मासिक २५ सय दिने घोषणा गरिएको छ । महानगरले वडा नम्बर १५ मा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र १९ नम्बरमा रहेको स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताललाई बर्थिङ सेन्टरको रुपमा संचालनमा ल्याउने घोषणा गरिएको छ । महानगरले चौथो नगरपरिषदको अवसरमा १५ जना पत्रकारलाई जनही १५ हजारका दरले नगर पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top