छोरा हेर्न उपप्रमुखले दिइन् आफ्नै पतिलाई जागिर,मासिक तलब २३ हजार

बर्दिया : उपप्रमुखको कार्यकक्षको झुलमा दुई वर्षीय छोरा सुत्छन्। उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन्। खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन्। बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए।

Advertisement

उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन्। छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलार्य सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम हो।

उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन् ‘हो, मेरा पतिले छोरा हेर्नुहुन्छ र मेरो सचिवालयलाई सघाउनु पनि हुन्छ,’ उनले भनिन्। स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन।

Advertisement

आन्तरिक श्रोतबाट तलब दिने गरी खरिदारसरहको दरबन्दी सिर्जना गरिएको छ। त्यसका लागि मासिक २३ हजार पाँच सय रुपैयाँ पारिश्रमिक दिइन्छ। कानुनी रुपमा भने मिलाउन अप्ठ्यारै छ।,यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top