काठमाडाैं : भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने एक वर्षदेखिको नियम भारतीय अध्यागमनले परिमार्जन गरेको छ । अब खाडी क्षेत्रका नौ मुलुकबाहेक अन्यत्र जाँदा नेपाली दूतावास दिल्लीबाट एनओसी बुझाउनु नपर्ने भएको हो ।
नेपाली दूतावासले ६ असारमा जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा मात्रै दिल्लीस्थित अध्यागमनमा एनओसी बुझाउनुपर्नेछ । भारतीय अध्यागमनले एक वर्षदेखि भारतका विमानस्थलबाट जुनसुकै तेस्रो देश जाँदा पनि एनओसी चाहिने नियम लागू गरेको थियो ।, यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।