लागूऔषध ओसार–पसार नेपालका लागि चुनौतिपुर्ण : गृहमन्त्री थापा

१० असार ७६, बुधबार

११ असार, काठमाडौँ ।

Advertisement

गृहमन्त्री राम बहादुर थापाले लागू औषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपुर्ण बन्दै गएको बताउनुभएको छ । लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्र्दभमा बुधबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपुर्ण रहेको बताए ।

लागू औषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयायहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण वपन यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपुर्ण रहेको उनको भनाई थियो । उनले भने “लागू औषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागू औषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतिपुर्ण रहि आएको छ ।

Advertisement

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विका गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई बैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे । कानुनको सफल कार्यान्वयन संगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गरे । लागू ओषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकिय उपचार संगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए ।

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्तराष्टिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको छ । साताको अन्तिम दिन बुधबार गृहमन्त्रालय अन्र्तगतको मुल आयोजक समितिले विशेष कार्यक्रम गरेको हो । यस बर्ष नेपालमा “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ्य जीवन” भन्ने नाराका साथ यो दिवस मनाईएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top