×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

बाबरको शतकसँगै पाकिस्तानद्वारा न्युजिल्यान्ड ६ विकेटले पराजित

१२ असार २०७६

एजेन्सी, असार १२
पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेसँगै जारी एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । बुधबारको जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ ।

२ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानलाई सहज जित दिलाउन बाबर आजमले शतक प्रहार गरे । बाबर १ सय २७ बलमा ११ चौका सहित १ सय १ रनमा अविजित रहे । बाबरले १ सय २४ बलमा आफ्नो वान डे करियरको १० औं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए ।

Advertisement
Advertisement

त्यस्तै मध्यक्रमका ह्यारिस सोहेलले ७६ बलमा ५ चौका र २ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । सोहेल ४९ ओभरको तेस्रो बलमा रन आउट हुन पुगे । बाबर र सोहेलले चौथो विकेटका लागि १ सय २६ रनको शतकीय साझेदारी गरेपछि पाकिस्तानले सहज जित हात पारेको हो । चौका हान्दै खेल जिताएका कप्तान शर्फराज अहमद ५ रनमा नट आउट रहे ।

 

पाकिस्तानले तेस्रो ओभरको अन्तिम बलमा फकार जमानलाई ९ रनमा गुमाएको थियो । जमानलाई ट्रेन्ट बोल्टले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । त्यस्तै ११ ओभरको दोस्रो बलमा ल्योकी फग्र्युसनले गुप्टिलबाट क्याच गराउँदै इमाम उल हकलाई १९ रनमा पेभिलिएन फर्काए । केन विलियमसनले मोहम्मद हफिजलाई ३२ रनमा क्याच आउट गराए । उनले ५० बलमा ५ चौका प्रहार गरे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन,टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले समान १ विकेट हात पारे । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । न्युजिल्यान्डलाई मध्यम योगफलसम्म पुर्याउन जेम्श निशम आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गर्दै १ सय १२ बलमा ५ चौका र ३ छक्का सहित ९७ रनमा अविजित रहे । अन्तिम बलमा वहाब रियाजलाई छक्का प्रहार गरेपनि उनि आफ्नो वान डे करियरको शतक पुरा गर्न ३ रनले पछि परे ।

त्यस्तै कोलिन डी ग्राण्ड होमले पनि ७१ बलमा ६ चौका र १ छक्कासहित ६४ रनको योगदान दिए । एक समय २६।२ ओभरमा ८३ – ५ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई जेम्श निशम र कोलिन डी ग्राण्ड होमले छैटौं विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । यी दुईबीचको साझेदारी ४८ ओभरको चौथो बलमा डी ग्राण्ड होम रन आउट हुन पुग्दा तोडिएको थियो ।

न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई ५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको दोस्रो बलमा युवा खेलाडी शाहिन शाह अफ्रिदीले ह्यारिस सोहेलबाट क्याच गराउँदै अर्का ओपनर कोलिन मुनरोलाई १२ रनमा पेभिलिएन फर्काए । नवौं ओभरको अन्तिम बलमा अफ्रिदीले रोश टेलरलाई ३ रनमा क्याच आउट गराए ।

१३ औं ओभरको तेस्रो बलमा अफ्रिदीलेनै विकेटकीपर टम लेथमलाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड ४६–४ को दयनिय अवस्थामा पुगेको थियो । कप्तान केन विलियमसनले ६९ बलमा ४ चौका सहित ४१ रन जोड्दै न्युजिल्यान्डको इनिङ उकास्न खोजेका थिए । तर सादब खानले २६।२ ओभरमा कप्तान शरर्फराज अहमदबाट क्याच आउट गराएपछि न्युजिल्यानड ८३–५ को कमजोर अवस्थामा पुगेको थियो ।

Advertisement

पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले १० ओभरमा ३ मेडन सहित २८ रन खर्चेर ३ विकेट हात पारे । मोहम्मद आमिर र सादब खानको नाममा समान १ विकेट रह्यो । यो जितसँगै पाकिस्तान ७ खेलमा ३ मा जित र ३ मा हारका साथ ७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पाकिस्तानले अर्को खेल आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । न्युजिल्यान्ड ७ खेलमा ५ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top