१२ असार, विराटनगर ।
देशभर मनसुन सक्रिय भएको छ । गत वर्ष भन्दा करिब १ साता ढिला भित्रिएको मनसुनका कारण गर्मी केही कम हुने जनाइएको छ । मनसुन भित्रिएसँगै बिहीबार बिहानैदेखि काठमाडौँ, विराटनगर लगायत देशका अधिकांश स्थानमा झरी परिरहेको छ ।
बिहीबार देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षा एवं बदलीको सम्भावना रहेको छ ।
आज राति समेत धेरै ठाँउमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ । देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।