असार २७ गतेसम्म मर्जरका लागि पार्टनर खोज्न बैंकहरुलाई गभर्नरको अल्टिमेटम, नत्र ‘फोर्स’ गरिने

१२ असार ७६, बिहीबार

१२ असार, काठमाडौँ ।

Advertisement

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २७ गते अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई होटल याक एण्ड यतिमा बोलाएर राष्ट्र बैंकले २७ गते मौद्रिक नीति आउने भन्दै सो दिनसम्म मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएको हो ।

Advertisement

अध्यक्ष तथा सीईओहरु सम्मिलित बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकहरु मर्जरमा जानैपर्नेगरी राष्ट्र बैंकको नीति आउने बताउँदै सो समयभित्र कुन संस्थासँग कसरी मर्जरमा जान सकिन्छ, एकआपसमा छलफल गरेर तयारी अवस्थामा रहन निर्देशन दिएका हुन ।

उनले सो समयसम्म स्वेच्छिक रुपमा मर्जरका लागि तयारी नगरे बैंकहरुलाई फोर्स गरेरै भएपनि मर्जरमा लैजाने स्पष्ट संकेत समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top