कांग्रेसले असार २२ मा केन्द्रीय कार्य समितिको बैठक बोलायो

११ असार ७६, बिहीबार

१२ असार, काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसले पार्टी केन्द्रिय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघ लगायतका पार्टीका सबै संगठन संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आगामी असार २२ गते आईतबार पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको जानकारी दिएका हुन । बैठकमा नेविसंघ, तरण दललगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशिल ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रिय हुने उनको भनाई छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्न बसेको पार्टी केन्द्रिय प्रतिनिधिहरुको बैठकमा पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढन पार्टी नेतृत्वलाई दवाव दिएपछि काँग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाउने भएको हो ।प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको पनि स्पष्ट पारे । प्रवक्ता शर्माले राष्ट्रिय जागरण अभियानको समिक्षाका लागि जारी पार्टीका कन्द्रिय प्रतिनिधिहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा पनि जोड दिएको बताए ।

Advertisement

यता, केन्द्रिय प्रतिनिधिहरुले पनि सरकारप्रति जनताको वितृष्ण फैलिएकाले दावी गर्दै उनीहरुको विश्वास जित्ने गरी पार्टीको कार्यक्रम अघि बढाउन नेतृत्वलाई दवाव दिएका थिए । पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्न बसिरहेको बैठकमा सहभागी भएका हुम्लाका केन्द्रिय प्रतिनिधि हस्तबहादुर मल्लले सरकारको अर्कमण्यता जनताको माझ लगेर उनीहरुको विश्वास जित्ने गरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top