विद्यालय गएका ४ बर्षिय बालक आँखामा चोट लिएर फर्किए

१३  असार, विराटनगर । अध्ययन गर्न विद्यालय गएका एक बालक आँखामा गम्भीर चोट लिएर फर्किएका छन् । शिशु कक्षामा अध्यनरत धनपाल थान गांउपालिका २ का ४ बर्षिय बालक इसान साह आँखामा गम्भीर चोट लागेर घाइते भएका हुन् ।

असार ६ गते आफु अध्ययनरत स्थानिय आनन्द प्राथमिक विद्यालय गएका उनी आँखामा चोट लिएर फर्किएका हुन् । दाहिने आँखाको नानी छेउमा गम्भीर प्रकृतिको चोट लागेका कारण उनको आँखाको डिम्मामा रगत जमेर राताम्मे भएको छ । उनको विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालमा उपचार भइरहेको छ । असार ६ गते अध्ययनगर्न विद्यालय पुगेका बालकलाई विद्यालय पुगेको एकघन्टा भित्रै चोट लागेपछि सोहि विद्यालयमा कक्षा ५ मा अध्ययनगर्ने दिदि मुस्कान साहले लिएर घर फर्केकी थिइन । लगत्तै घटनाको बिषयमा बुझ्न जाँदा विद्यालयमा रहेकी शिक्षिका डल्ली चौधरीले बालकलाई लागेको चोटको बिषयमा आफुलाई जानकारी नभएको बताएको घाइते बालकका बाबु गौतम साहले जानकारी दिए । कक्षा चलिरहेको समयमा आफ्नो छोरोलाई कुटपिटबाट अथवा अन्य के कस्तो कारणले चोट लागेको बिषयमा विद्यालयले जानकारी दिन नचाहेको उनको भनाई छ । घटनाको बिषयमा सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउंदा समेत कसैले चासो नलिएको साहको भनाई छ । घटनाको छानबिन गर्न जिल्ला शिक्षा समन्वय समिति मोरङ सहित धनपाल गांउपालिकाका सम्बन्धितलाई जानकारी गराउदा समेत घटनाको यथार्थ जानकारी पाउन नसकिएको उनले गुनासो गरे । विद्यालयका प्रधानाध्यापक सम्पतलाल मण्डलले भने घटनाको दिन घाइते बालक र कक्षा ५ मा अध्यनरत उनकी दिदि मुस्कान साह कक्षा–५ कै कोठामा बसेको तथा सोहि क्रममा ब्रेन्चबाट लडेर घाइते भएको दाबी गरेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top