मुख्यमन्त्री शेरधन राई अमेरिका जाने

१३ असार, विराटनगर ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई यही असार १६ गते अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकाको बालटिमोरमा जुलाई ५ देखि ७ तारिखसम्म हुने नेपलिज एसोसिएसन इन अमेरिकाको नेसनल कन्फ्रेन्सको प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री राई त्यसतर्फ जाने भएका हुन् ।

Advertisement

उनको भ्रमणका लागि प्रदेश सरकारले स्वीकृती प्रदान गरेको छ । राई असार २५ गते स्वदेश फर्किने प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीेले जानकारी दिए । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

यस्तै बैठकले प्रदेश सार्वजनिक, निजी, साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७६, प्रदेश लोकसेवा आयोग विधेयक २०७६, प्रदेश जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक २०७६, प्रदेश स्वायत्त संस्था गठन विधेयक २०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

Advertisement

यस्तै मन्त्रिपरिषद्को बैठकले पाँचथर मिक्लाजुङ्की सीता खजुमको उपचारका लागि लागेको ६९ हजार ३ सय १४ रुपैयाँ प्रदेश सरकारले व्यहोर्ने, समिटर्स समिट आयोजना गर्ने पनि निर्णय गरेको छ ।

बैठकले सगरमाथा क्लव (एसटीसी) बिउ कोष स्थापना तथा संचालन कार्यविधि स्वीकृत गर्नुको साथै मोरङ कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोकबजार संचालन नियमावली २०७६ लाई पनि स्वीकृति प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top