×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र बन्ने

१४ असार २०७६

१४ असार, काठमाडौँ ।

सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ ।

Advertisement
Advertisement

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हालैको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको बाँकी कामको बोलपत्र गरिने बताएका थिए । यो सडक आव २०७८/७९ मा नै सम्पन्न गर्ने गरी काम अघि बढिरहेको उनले समितिलाई जानकारी दिएका थिए ।

सडकमा ५४२ किलोमिटर सडक निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको बताइएको छ । चार सय ६३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सो काम समयमा नै सकिने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘काम गर्दै जाँदा दुई÷चार महीना तलमाथि होला तर त्योभन्दा ढिलाइ हुन नदिन मन्त्रालय लागेको छ ।’

मदन भण्डारी राजमार्ग एक हजार २०० किमीमध्ये धरान हेटौँडाको काम भइरहेको बताइएको छ । राजमार्गमा केही पुलको ठेक्का सम्झौता हुने क्रममा छन् । पुलका लागि ठेक्का सम्झौता आगामी एक वर्षमा सकिने उनको जिकिर छ । उनले भने, ‘कम लम्बाइको पुल भएकाले निर्माण शुरु भएपछि चाँडै सम्पन्न हुने विश्वास गर्न सकिन्छ ।’

पूर्व–पश्चिम राजमार्ग विस्तार पनि अघि बढाइएको बताइएको छ । काठमाडौँ जडीबुटीमा भूमिगत मार्ग निर्माणका लागि जापान सरकारसँग छलफल भइरहेको छ । अहिले पनि यस ठाउँमा हुने चाप कम गर्नका लागि ललितपुरतर्फ जाने सवारी साधनलाई मनोहरा करिडोरतर्फ पठाइएको छ । ‘फ्लाई ओभर’ निर्माण गर्दा कलङ्कीको जस्तो माथि खुला हुने गरेर निर्माण गर्ने वा माथिबाट ढाकेर गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

मन्त्री महासेठले कुलेखानी भीमफेदी सुरुङमार्ग छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य रहेको बताएका थिए । रेल यातायाततर्फ, पूर्व–पश्चिम रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार भएर काम अघि बढिरहेको उनले बताए । यो रेलमार्गको लम्बाइ ९४५ किमी हुने अध्ययनले देखाएको छ । यसमा २०० किमीमा काम शुरु भइसकेको छ ।

रेलमार्ग निर्माणका लागि मन्त्रालय अहिले आर्थिक व्यवस्थापनमा लागिरहेको उनले बताए । विभिन्न स्थानमा ‘ट्र्याक’ निर्माण र पुलको काम भइरहेको उनको भनाइ थियो । उनले भने, ‘बुटवलभन्दा पूर्व र काँकरभिट्टाभन्दा पश्चिममा काम अघि बढाउने लक्ष्य रहेको छ ।’

काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएर चिनियाँ पक्षले प्रतिवेदन बुझाएको उनले बताए । गत साता मात्रै मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको टोली वार्ताका लागि चीन पुगेको थियो । चीन सरकारसँग आगामी बैठकबाट बाँकी रहेका विषय टुङ्ग्याइने उनले बताए । रेलमार्ग निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ । काठमाडौँ–स्याफ्रुबेँसी रेलमागको पनि पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत अध्ययनको चरणमा रहेको मन्त्री महासेठले जानकारी दिए ।

यातायाततर्फ व्यवसायी समिति र महासङ्घको एकाधिकार पूर्णरुपमा अन्त्य भएको उहाँको दाबी छ । अझै पनि धेरैले ‘सिण्डिकेट’ को अर्थ आ–आफ्नो ढङ्गले लगाएको उनको भनाइ छ । यातायातका क्षेत्रमा सुधार हुन बाँकी रहेका पक्ष देखाएर धेरैले एकाधिकार कायम रहेको बताउँदै आएका छन् ।

‘सिण्डिकेट हटेर नै सबै सार्वजनिक यातायात कम्पनीका रुपमा दर्ता भएर सरकारलाई राजस्व बुझाउने र सरकारबाट सडक इजाजत लिएर चल्न थालेका छन्’, उनले भने, ‘यातायातका क्षेत्रमा रहेका अरु समस्याको समाधानका लागि यातायात प्राधिकरण गठन हुनेछ ।’

Advertisement

सरकार अहिले पेट्रोलियम पदार्थबाट चल्नेभन्दा पनि विद्युतीय बसलाई प्रोत्साहन गरिरहेको मन्त्री महासेठले बताए । सरकारले छिट्टै ३०० विद्युतीय बस किन्ने योजना बनाएको उनले जानकारी दिए ।–सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top