विश्वकप क्रिकेट : श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी, असार १४
जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो । श्रीलंकामाथि जित निकालेपनि दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल होडबाट बाहिरि सकेको छ ।
श्रीलंकाको भने तेस्रो हार हो । यो हारसँगै श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । २ सय ४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय ३ बलमा १० चौका र १ छक्का सहित ९६ रनमा अविजित रहदै टोलीको जित पक्का गरे ।

त्यस्तै ओपनर हासिम अमला पनि १ सय ५ बलमा ५ चौका सहित ८० रनमा अविजित रहे । दोस्रो विकेटका लागि अमला र डु प्लेसिसले १ सय ७५ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि अफ्रिकाले सहज जित हात पारेको हो ।

Advertisement

दक्षिण अफ्रिकाले पाँचौ ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई १५ रनमा गुमाएको थियो । डी ककलाई लाथिस मलिंगाले बोल्ड आउट गरेका थिए ।

 

Advertisement

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । उनलाई कागिसो रबडाले कप्तान फाफ डु प्लेसिसबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि अविष्का फर्नान्डो र कुशल परेराले ६७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए ।

तर दशौं ओभरको पाँचौ बलमा ड्वाइन पिटोरियसले कप्तान डु प्लेसिसबाटनै क्याच गराउँदै फ्रर्नान्डोलाई ३० रनमा आउट गरेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । उनले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै १२ ओभरको तेस्रो बलमा प्रिटोरियसले परेरालाई ३० रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । श्रीलंकाको विकेटपतन क्रम रोकिएन । कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

कुशलले ३४ बलमा ४ चौका प्रहार गरे । कुशल मेन्डिस २३,एन्जिलो मथ्युज ११ र धनञ्जय डी शिल्भा २४ रनमा आउट भएपछि श्रीलंका संकटमा परेको थियो । तल्लोक्रमका तिसेरा परेराले २५ बलमा २१,इसुरु उडनाले १७ ,सुरुङ्गा लकमल ५ र लाथिस मलिंगाले ४ रनको योगदान दिए ।

दक्षिण अफ्रिका लागि ड्वाइन पिटोरियसले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस मोरिसले ९.३ ओभरमा ४६ रन खर्चेर ३ र कागिसो रबाडाले २ विकेट हात पारे । एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीको नाममा पनि समान १ विकेट रह्यो ।

दक्षिण अफ्रिका ८ खेलमा खेलमा २ मा जित र ५ मा हारका साथ आठौं स्थानमा रहेको छ । त्यस्तै श्रीलंका ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा रहेको छ । दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेल जुलाई ६ मा अष्टे«लियासँग खेल्ने छ भने श्रीलंकाले आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग सोमबार खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top