नेपालका १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, लाइसेन्स परीक्षामा ३६ पटक फेल

काठमाडौं : एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन्। नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन्।

Advertisement

लगातार ३६ पटकसम्म फेल हुने डाक्टर पनि छन्। विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ।

काउन्सिल श्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन्। पटक पटक फेल भएका डाक्टरहरु लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

Advertisement

उनीहरुले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन्।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top