डिभिजन टु को तयारीका लागि नेपाली क्रिक्रेट टोली आज युएइ जाँदै

१२ माघ ७४, शनिबार

काठमाडौं, माघ १३
विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन टू तयारी खेल खेल्ने १४ सदस्यीय नेपाली टोली आज संयुक्त अरब इमिरेट्स जाँदैछ । नेपाली टोली दिउँसो साढे ४ बजे इत्तिहाद एयरको विमानबाट युएइ जान लागेको हो ।

प्रतियोगिताको तयारी स्वरुप नेपालले युएई ए टीमसँग २ वटा र युएइ इलाभेन टीमसँग एउटा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट नामिविया जानेछ ।

यही माघ २५ गतेदेखि नामिवियामा हुने प्रतियोगितामा नेपालले क्यानडा, केन्या, नामिविया, ओमान र युएईसंग खेल्नेछ । डिभिजन टू को शिर्ष २ मा पर्न सके नेपालले विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछ ।

Advertisement

पारस खड्काको कप्तानीमा रहेको नेपाली टीममा उपकप्तान ज्ञानेन्द्र मल्लसहित शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दिलिप नाथ, ललित भण्डारी, अनिलकुमार शाह र रोहितकुमार पौडेल छन् ।

बैकल्पिक खेलाडीमासुनिल धमला, ललितनारायण राजवंशी, सिद्धान्त लोहनी, र किशोर महतो छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top